विराटनगर – शुभ दिपावालीको अवसरमा कार्तिक ११ अर्थात भाइटीकाको भोलिपल्ट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ महापुरुष’ को मोफसल भ्रमण प्रदेश १ को बिर्तामोडबाट सुरु भएको छ ।
मंगलबारबाट बिर्तामोडबाट सुरुभएको भ्रमणको पहिलो दिन बिर्तामोडमा भब्य कन्सर्ट भएको छ । महापुरुषको टिम बुधवार इटहरी र बिराटनगरमा आउने छन्। इटहरीको कस्तुरी एकेडेमी इटहरी ८ मा दिउसो ३ बजे र विराटनगरको सेन्ट्रल मलमा साँझ ६ बजे प्रोमो कार्यक्रम रहेको छ ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित फिल्मका कलाकारहरु राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, नायक अरुण क्षेत्री, नायिका अञ्जना बराइली, कमेडियन सुमन कार्की , गायक निशान भट्टराई र गायिका रचना रिमाल टूरमा सहभागि हुने भएका छन् ।
कात्तिक ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेकोछ ।