मैले के भन्ने ?
यदि निर्दोष भएर पनि दोषी हुनु पर्छ भने।
मैले के गर्ने ?
जीवन जीएर पनि मर्या तुल्य हुनु पर्छ भने।
तिमी भन्ने गर्थ्यौं
कुनै फूल यस्तो हुन्छ जुन फूल आफ्नै लागि फुल्छ
अनि आफ्नै निम्ति ओइल्याइ झर्ने गर्द्छ।
मैले कहिलै नफुल्ने फूल पनि त देख्या छु नि।
मैले के भन्ने ?
यदि मेरो दिलले तिमीलाई मात्र सोध्छ भने।
मैले के गर्ने ?
तिम्रो लागि मात्र जीवनको फूल फुल्छु भन्छ भने।
चौतारीको बुढो वर.. हुर्कन नपौदै मरेछ पिपल
वरको हागा-हागामा नेउली चरी विरहीको गीत,
आफ्नो जोडीको वियोगमा गायेको सुन्दा,.. मैले..
कसरी शीतल चौतारीको आन्द लिने ?
नदिले किनारालाई छाडेर
सागरलाई मात्र देख्द्छ भने
माटोको भर ढुंगाले बिर्सिएछ भने
मैले के भन्ने ?
मानिसको आयु कति नै हुन्छ र
तिम्रो प्रतीक्षा गर्दा गर्दै कुनै दिन
तिम्रो नै वियोगमा म मरेछु भने
मैले के गर्ने ?
– सुमन लावती