इटहरी – प्रत्येक वर्ष आयोजना हुदै आएको प्रदेश १ बि टेक फुटसल टुर्नामेन्ट २०७९ भोलि अर्थात् असार १४ गते इटहरी २ आँपगाछि स्थित स्पोर्टस एरेनामा हुन गइरहेको छ। लकडाउनको कारण २ वर्ष हुन नसकेको यस टुर्नामेन्टमा यो वर्ष भने प्रदेश १ मा रहेका ५ वटा बि टेक ( खाद्य) कलेजहरु आयोजक निलगिरी कलेज, विराट मल्टिपल कलेज , सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी, धरान मल्टिपल कलेज र सुनसरी टेक्निकल कलेज सहभागि हुने निलगिरी ( नेप्सा ) का सभापति सुसान खड्काले बताउनु भएको छ। गत वर्षहरुमा पुरुष प्रतियोगिता मात्र आयोजना भएकोमा यस वर्ष भने महिला प्रतियोगिता पनि आयोजना हुने उहाँले जानकारी दिनु भएको छ।
यस टुर्नामेन्टको उद्देश्य खाद्य प्रविधिका विद्यार्थीहरु बिच प्रगाढ सम्बन्ध स्थापित गर्नु रहेको पनि खड्काले कालोपर्दा अनलाईनलाई बताउनु भएको छ।
फुटसल टुर्नामेन्टको प्रत्यक्ष प्रसारण सपोर्टस एरेनाको पेजमा हेर्न सकिने पनि बताइएको छ।