इटहरी – प्रदेश १ बि टेक फुटसल टुर्नामेन्ट २०७९ को उपाधि पुरुष तर्फ सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी धरान तथा महिला तर्फ सुनसरी टेक्निकल कलेज धरानले जितेको छ। त्यस्तै टुर्नामेन्टको दोस्रो उपाधि पुरुष तर्फ सुनसरी टेक्निकल कलेज तथा महिला तर्फबाट सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी धरानले हासिल गरेको छ।
पुरुष प्रतियोगितामा टप स्कोरर अनुल बास्कोटा , उत्कृष्ट खेलाडी एलोस विष्ट र उत्कृष्ट गोलकिपर सागर सिवाकोटीले हासिल गरेका थिए भने महिला तर्फ टप स्कोरर विजिता राना मगर , उत्कृष्ट खेलाडी सुजना श्रेय र उत्कृष्ट गोलकिपर समिक्षा माझीले हासिल गरेका थिए।
असार १४ गते इटहरी २ आँपगाछि स्थित स्पोर्टस एरेनामा आयोजित मैत्रीपुर्ण फुसल खेल वर्षाको वावजुत पनि सफलतापूर्वक आयोजना गरिएको थियो। लकडाउनको कारण २ वर्ष हुन नसकेको यस टुर्नामेन्टमा यो वर्ष भने प्रदेश १ मा रहेका ५ वटा बि टेक ( खाद्य) कलेजहरु आयोजक निलगिरी कलेज, विराट मल्टिपल कलेज , सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी, धरान मल्टिपल कलेज र सुनसरी टेक्निकल कलेज सहभागि भएका थिए।