कोरोना भाइरसबाट मुक्त भएकाको प्लाज्मा अर्को कोरोना संक्रमितलाई प्रयोग गरेररोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने विधिलाई प्लाज्मा थेरापी भनिन्छ । यदि कोहि व्यक्ति कोविड्-१९ बाट पूर्ण रुपले निको भएको छ भने, सो व्यक्तिले प्लाज्मा दान गरेर कोभिड संक्रमणसंग लडि रहेका बिरामीहरूलाई सहयोग गर्न सक्दछ । कोभिड संक्रमणबाट निको भए पस्चात सो व्यक्तिको प्लाज्मा कोभिड एन्टिबडियुक्त हुन्छ । यी एन्टिबडीहरूले प्रतिरक्षा प्रणालीलाई भाइरससँग लड्नको लागि एक क्षमता प्रदान गर्दछ जस्लले संक्रमितलाई कोभिडसंग लड्न मद्धत गर्दछ ।
कन्भलेसेन्ट प्लाज्मा भनेको के हो?
कम्भेलेसेन्टले कुनै पनि रोगबाट निको हुनलाई जनाउँछ। प्लाज्मा रगतको पहेंलो र तरल भाग हो जसमा एन्टिबडीहरू हुन्छन। एन्टिबडीहरू संक्रमणको प्रतिक्रियामा शरीरले बनाएका प्रोटीनहरू हुन्। कोरोनाभाइरस रोगबाट पहिले नै निको भइसकेका बिरामीहरूको कन्भलेसेन्ट प्लाज्मामा कोभिड १९ बिरूद्ध लड्ने एन्टिबडीहरू हुन सक्छन्।कोभिड १९ सँग संघर्ष गरिरहेका अस्पतालमा भर्ना भएका व्यक्तिहरूलाई यस कन्भलेसेन्ट प्लाज्मा दिएमा उनीहरूलाई स्वास्थ्य लाभ हुन सक्छ।
कसले गर्ने प्लाज्मा दान?
कभिड १९ बाट पूर्ण रूपमा निको भएको कम्तिमा दुई हप्ता भएका व्यक्तिहरूलाई प्लाज्मा दान गर्न प्रोत्साहन गरिन्छ । रगत दान गर्न योग्य कोरोना भाइरस निको भएको व्यक्तिबाट ४ देखि ६ हप्ताभित्र प्लाज्मा लिइसक्नुपर्छ । रगत दान गर्नको लागि केहि मापदन्डहरु छन । सामान्यतया, प्लाज्मा दान प्रक्रिया सुरू गर्नु अघि इच्छुक दातामा कोरोनाभाइरस विरुद्ध एन्टिबडीहरूको स्तर जाँच गरिन्छ। त्यो भन्दा पहिला डाक्टरहरूले दाताहरूबाट कोरोना पोजेटिभ भएको रिपोर्टको माग गर्दछन । यी चरणहरूले दाता कोभिड १९ संक्रमित भएको वा नभएको पत्ता लाग्दछ । त्यसपछि, केही परीक्षणहरू प्लाज्मा दान अघि गरिन्छ। परिक्षण पस्चात प्लाज्मा दान गर्न योग्य ठहरिए प्लाज्मा दान गरिन्छ । परीक्षणहरूको पूर्ण प्रक्रिया र प्लाज्मा दानका लागि केहि घण्टा लाग्छ। १८ देखि ५५ वर्ष उमेरका व्यक्तिहरुले प्लाज्मा दान गर्न सक्दछन । एचआईभीका ,क्यान्सर , टिबीका बिरामीहरु , मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु , शल्यकृया तथा ट्याटु खोपेको ६ महिना देखि १ वर्ष मात्र भएका व्यक्तिहरुले प्लाज्मा दान गर्न सक्दैनन् । दाता र प्लाज्मा लिने व्यक्तिको रक्त समुह एउटै भएको हुनपर्छ । अन्यथा, प्लाज्मा चार्ट अनुकूलता अनुसार मात्र ट्रान्सफ्यूज हुन्छ ।
प्लाज्मा दातामा के असर गर्दछ?
प्लाज्मा दान गरिसकेपछि प्लाज्मा दाताको स्वास्थ्यमा कुनै पनि असर गर्दैन । कुनै रगत कोशिका दाताहरूको रगतबाट निकालिदैन । त्यसैले दाताहरुमा कमजोरीको कुनै संभावना हुदैन। दाताहरू एक घण्टामा आफ्नो काममा फर्किन सक्छन् ।