बालेनले निजी रेस्टुरेन्टहरुलाई नै सार्वजनिक शौचालय बनाउने अभियान ल्याए पछि त्यसको अभ्यास हुन थालेको छ । यो रचनात्मक क्रान्ति हो । यसलाई दिगो बनाउन प्रयोगकर्ताहरुको पनि कर्तव्य हुन्छ ।
यसका लागि प्रयोगकर्ताहरुले केहि सामान्य कुराहरु याद गरिदिए मात्रै पनि पुग्छ । जस्तै : सार्वजनिक शौचालयमा भित्तातिर वा जथाभावी पिसाब नगरिदिने, गुड्खा, चुइगम वा पान खाएर नथुकिदिने, प्यान भएको शौचालय भएमा दिसा गर्नु भन्दा पहिले पानी हालेर प्यान भिजाउने, दिसा गरिसके पछि प्यान सफा गरिदिने वा फ्लस गरिदिने, अनावश्यक धेरै मात्रामा पानी वा ट्वाइलेट पेपर प्रयोग नगरिदिने बानी गरेमा पनि शौचालय सफा राख्न धेरै सहयोगी हुन्छ ।
त्यस्तै, कम्मोड भएको सार्वजनिक शौचालय प्रयोग गर्न असाध्यै गाह्रो बनाउने कुरा हो, ढक्कन भन्दा तलको रिङ भिजेको हुनु । यसैले कम्मोड शौचालयमा यो बिचको रिङलाई मास्थिर अड्याएर मात्रै पिसाब गरिदिएमा वा प्रयोग गरिसके पछि उठाएर अड्याएर राखिदिएमा शौचालय सफा रहन्छ । र पछि आउने प्रयोगकर्तालाई अस्वस्थकर र अफ्ठ्यारो हुन्न ।
सार्वजनिक शौचालयहरुको दिगो प्रयोगका लागि माथि उल्लेखित कुराहरु हामीले गर्न सक्ने भन्दा पनि गर्नै पर्ने हुन् । यसका बारेमा सचेतना आवश्यक छ ।
( फेसबुकबाट साभार)