सविन घिमिरे
विराटनगर , २९ बैशाख २०७८- कोरोनाको दोस्रो लहरको सङ्क्रमणले महामारीको रूप लिएसंगै देशको प्राय धेरै जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । विराटनगरमा निषेधाज्ञा सुरु भएको बुधबार १२ दिन पुगेको छ। विराटनगरमा सामान्य चहलपहल बढेको देख्न सकिन्छ । कोरोनाको महामारीको डर एकातिर , व्यापारीक समस्या अर्को तिर । निषेधाज्ञाको कारण अति आवश्यकका बाहेक अन्य कुनै पसलहरु प्रशासनले खोल्न नदिए पनि विराटनगरका स्थानिय व्यापारीहरु दिनभर आफ्नो बन्द पसल अगाडि कोहि ग्राहक आइ हाल्छन कि भन्ने आशामा बसेको देख्न सकिन्छ । गत वर्षको लकडाउनका कारण लाखौँको घाटा व्यहोर्नु परेको व्यापारीहरु यस वर्ष पनि नोक्सानी व्यहोर्न पर्ने अवस्था आएको बताउछन ।
न्यु श्याम इम्पेक्सका संचालक बिरेन्द्र अग्रवाल अहिले व्यापारीहरुलाई घरभाडा तिर्न समस्या परेको बताउछन । महानगरपालिकाले घरभाडा तथा राजस्वमा छुटको लागि पहल गरिदिए आफुहरुलाई राहत हुने उनी बताउछन ।
विराटनगरको एक कपडा पसलमा कार्यरत सन्तोष गुप्ता रोजगार गुम्ने हो कि भनेर डराइरहेका छन । पसलमा गरेको रोजगारको आमदानीले नै घर परिवार चल्ने भएको कारण भोलिको दिनमा रोजगारी गुमाउनु परे खान लाउन नै अप्ठेरो पर्ने उनी बताउछन ।
विराटनगरकै अर्का एक व्यापारी बन्टी प्रसाद गुप्ता व्यापारमा समस्या आए पनि योभन्दा ठुलो समस्या कोरोना महामारी रहेको बताउछन । यो निषेधाज्ञाको बारेमा उनको कुनै गुनासो नरहेको उनी बताउछन । सबैभन्दा पहिला यो महामारीलाई जित्नु पर्ने उनको जिकिर रहेको छ ।
मोहन कुमार मगरले महङ्गो घरभाडा तथा बैङ्कको किस्ताले साना व्यापारी समस्यामा धकेलिदै गएको बताउछन ।सरकारले यसमा बेलैमा ध्यान नदिए कोरोनाभन्दा ठुलो महामारी निम्तिने उनको विचार रहेको छ ।
विराटनगरमा जुत्ता पसल संचालन गरेका आकिव आलमले लकडाउन नै समाधान नरहेको बताउछन । अत्यावश्यक समाग्री विकृ गर्न समय दिए जस्तै आफुहरुलाई पनि केहि समय पसल खोल्न दिए केहि राहत हुने उनी बताउछन । अहिलेपनि आएका ग्राहकहरुलाई लुकिछिपि सामान विकृ गर्नु आफ्नो बाध्यता रहेको उनी बताउछन ।
कपडा पसल सन्चालक डेनिस सुराकी स्थानिय तथा प्रदेश सरकारको पहलमा घर भाडा छुट हुन पर्ने बताउछन । व्यापारीहरुको समस्यालाई सम्बोधन गर्न उनले सरकारसमक्ष अनुरोध गरेका छन ।
देशका धेरैजसो ठाउमा लगाइएको निषेधाज्ञाको कारण साना , मझौला तथा सडक व्यापारीहरु समस्यामा परि रहेका छन ।