मोतीराम भट्टबाट भानुभक्त आचार्यको जन्म बि स १८६९ साल भनेर लेखिएको तथ्य माथि भानुभक्तकी नातिनी विष्णुमायादेवीले भानुभक्त जन्म भएको अर्को प्रमाण पेस गरेपछि मात्र बि सं १८७१ साल असार २९ गतेले उनको जन्ममितिको रुपमा बैधानिकता पाएको थियो ।
त्यसो त मोतिरामभट्टले उनलाई बि सं १९४८ सालमा नै ‘आदिकवि’ ले सम्बोधन गरिदिएका थिए, जसले बैधानिकता पाउन भने करिब ५० बर्ष पर्खनु परेको थियो । बि सं १९९७ सालमा तात्कालिन श्री ३ जुद्धशमशेरबाट ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम प्रमाङ्गी भएपछि मात्र ‘आदिकवि’ले नेपाली जन जिब्रोमा स्थान पाएको थियो ।
संस्कृत भाषाकै वर्चस्व रहेको उनको समयमा नेपाली साहित्य तथा भाषाको त्यति विकाश नभए पनि प्रायः नेपाली भाषामा नै आफ्नो साहित्य गरेर नेपाली साहित्यमा योगदान गरेको देखिन्छ । ३७ बर्षे उमेरमा प्राप्त सरकारी जागिरको दुई वर्षमा नै उनलाई आफ्ना पिताबाट रकम हिनामिना गरी भ्रष्टाचार गरिएको आरोपमा कुमारीचोकको खोरमा कैद गरिएको थियो । पाँच महिनाको कैद अवधी मा नै उनीबाट रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरिएको थियो ।
स्रोत तस्विरमा नेपाल