म सम्झिन्न अब उहाँलाई भन्याे,
तर बारबार उहाँले आफुलाई बिर्सिन चाहेकाे कुरा सम्झन्छु।
आँसु खसाल्दिन भन्छु,
तर पटकपटक टाेलाईरहन्छु ,
अनि ओरालाे लागेकाे आँसु राेक्न बिर्सन्छु।
बिपनीमा त बिर्सन सकिन भन्याे,
फेरि उस्कै आत्मियतामा मुस्कुराईरहेकाे सपनि सम्झन्छु।।
म सम्झिरहन्छु,
केबल उस्लाईनै,
अथाह माया,
केवल उस्कैलागि मात्र मैले सजाईरहेकाे।
आफुले अथाह माया सुम्पन खाेजेकाे मुन्छेले,
आफुलाई नगरेकाे माया सम्झेर फेरि उस्लाईनै सम्झन्छु।
पटकपटक याे भिडभन्दा पर
राेदनले आँखाकाे डिल अनि गाला पाेतिरहेछन्।
अनि मात्र एक प्रश्न
“आखिर किन उस्ले मलाई सम्झिएर पनि बिर्सिन चाह्याे,
बिर्सिएर पनि सम्झिन चाहेन”? साेधिरहेछन्।
– सरिता विहानी