‘ निरुत्तर ‘
यो तपोभूमि, ज्ञानभूमि मा
भयो मेरो यो –
अनि तिम्रा उत्तेजित उद्गारहरु,
यहाँ मानव सभ्यताका उदगम स्थलकाे अस्तित्त्व लुटिन्छ
यहाँ ईतिहास का दस्तावेजहरु दिन दहाडै च्यातिन्छ
यहाँ पवित्र पूजनीय स्थलका स्वरुपहरु लुटिन्छ
यहाँ वर्षौं सम्म जननि जन्मभूमिलाई चिथोरिन्छ
यहाँ कयन पटक आमाको अपमान मा गरिन्छ
यहाँ स्त्री का गौरव (मान सम्मान) काे चिरहरण हरक्षण हरिन्छ
यहाँ म पशु जस्तै तिमी (हामी)पशुतुल्य झै विचार मन्थन त्यै गरिन्छ
यहाँ बस् यही गरिन्छ
यहाँ बस् यही भनिन्छ
यहाँ बस् यही सुनिन्छ
यहाँ बस् यही देखिन्छ
यहाँ बस्….
यहाँ बस् मौन छ
शब्द शब्दहरूमा ।
स्स्स्स्स्…
रहस्यमय जीव- विज्ञानको अध्ययन अनुसन्धान मा।
– अभिषेक राज सिंह थापा