इटहरी – असोज १४ गतेबाट प्रदर्शनमा आउने “बाबरी ” चलचित्रले मोफसलमा प्रवर्द्धन अभियान थालेको छ।
असोज ५ गते बिर्तामोडदेखि सुरु हुने प्रचार दौडाहा ६ गते इटहरी , ७ गते नारायणगढ , ८ गते वुट्वल र ९ गते पोखरा हुँदै राजधानि फर्किने छ । ९ गतेबाट १२ गतेसम्म काठमाडौंमा प्रचार अभियान चल्नेछ । उपत्यकामा कन्सर्टहरुको आयोजना गरिएको छ ।
उक्त टुरमा निर्देशक सुरेद्र पौडेल ,निर्माता गणेश बुढाथोकी , पुष्पलता बुढाथोकी तथा नायक धिरज मगर र नयिका अदिती बुढाथोकी लगायत सहभागी हुनेछन।
निर्देशक सुरेन्द्र पौडेलले संगीत र ट्रेलरमार्फत प्राप्त फिडब्याकलाई अझै जीवन्त तुल्याउन मोफसल टुर गर्न लागिएको बताए ।
बाबरी” चलचित्रमा अदिती बुढाथोकी र धीरज मगर सहित धीरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलीप गुरुङको अभिनय छ ।