रिपोर्टर : इमान लिम्बू / धरान
धरान – मिस धरान आइकन २०२२ को उपाधि आस्माया राईले जितेकी छिन्। १८ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । शुक्रबार सदनसभा हलमा सम्पन्न प्रतियोगितामा प्रजना राई फष्ट रनरअप र स्वेता पोखरेल सेकेन्ड रनरअप भए ।
त्यस्तै निवा लिम्बुले मिस पर्सनालिटी, स्वेता पोखरेलले मिस बेष्टवाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठले मिस फोटोजेनिक, सेलि श्रेष्ठले मिस मल्टिमिडिया, रोजनी लिम्बुले भ्युवर्स च्वाईस, जेनिस्ना श्रेष्ठले मिस डिसिप्लिन, विपिका लिम्बुले मिस कल्चरल ड्रेस र सृष्टि लामाले मिस चार्मिङ सव टाईटल जीते ।
कोरियोग्राफर प्रजिता तामाङको कोरियोग्राफीमा मञ्चमा उत्रिएका १८ प्रतिष्पर्धीलाई मुख्य निर्णायक शिवराज श्रेष्ठ सहित निर्णायकहरु अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्टरनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वोले उत्कृष्ट १८ बाट उत्कृष्ट १२, उत्कृष्ट ५ हुँदै विजेता छनोट गरेका थिए ।
कार्यक्रममा गायिका सरला श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए ।
सहारा इन्टरटेन्मेन्टले कार्यक्रमको व्यवस्थापन गरेको थियो।