धरान – धराने हाईकर्स धरानको १५० औं हप्ता पदयात्रा सफल भएको उपलक्ष्यमा सदा झै यसबर्ष पनि धराने हाईकर्स धरानले “बालबालिका सहयोगार्थ कार्यक्रम – २०७९” सम्पन्न गरेको छ । भाद्र १० गते शुक्रबार धरान – ५ ठिङ्गाबारी अवस्थित श्री जनता आधारभूत विद्यालयमा दिप राई दिलुङ्चाको संयोजकत्व तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सल बहादुर खवासको अतिथ्यमा विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरी कार्यक्रम सम्पन्न भएको थियो।
हङकङ नेप्लीज मोवाईल फोटोग्राफी समुहको बिशेष सहयोग तथा बृन्दा लिम्वु (हङकङ), रत्न लिम्बु(हङकङ), शिव मगर (हङकङ), मदन बोखिम लिम्बु (हङकङ), कुमारी मादेन लिम्बु (हङकङ), रूद्र बुढाथोकी (यु एस ए), श्रेष्ठ सान्नानी (धरान), शुसिला राई (तरहरा) दाताहरूको साथ तथा सहयोगले ठिङ्गावारी अवस्थित जनता आधारभुत बिधालयमा निम्न सामाग्रीहरू हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको थियो :-
स्कुल ब्याग – ४५ थान,
पानीको बोटल – ४५ थान,
हाईकिङ टिशर्ट – २५ थान,
कपि पेन्सिल, कलर, जिओमेट्री बक्स लगायतका स्टेशनरी सामानहरू ।