काठमाडौँ — सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
अक्टोबर २०, १९५५ मा जन्मनु भएको उहाँले १७ वर्ष ६ महिना १५ दिन उमेरमा ५ मे १९७३ मा सगरमाथा आरोहण गर्नु भएको थियो । सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल हुनु भएको तामाङको कीर्तिमान मे २००१ मा टेम्बा छेरीले तोड्नु भएको थियो।