सविन घिमिरे ,
प्रदेश १ को तेह्रथुम जिल्लामा अवस्थित वसन्तपुर बजारमा रहेको चो?लुङ्ग पार्क महत्वपुर्ण पर्यटकिय केन्द्र बनेको छ । वसन्तपुर आएर यो पार्कमा नघुमी कोहि पनि फर्कदैन। चोलुंग पार्क लालिगुरास नगरपालिकाको वसन्तपुर स्थित अल्गे डाडामा कारिब चालिस रोपनी जग्गामा लालिगुरास नगरपालिकाको सहयोगमा निर्माण गरिएको हो। लिम्बु जातिको संस्कारमा आधारित यो पार्क अन्तराष्ट्रिय स्तरको रहेको नगर प्रमुख अर्जुन बाबु मावुहाङ्गले बताउछन।
यस पार्कमा युमा संग्राहलय निर्माण गरिएको छ । यस संग्राहलयको आफ्नै ऐतिहासिक विशेषता छ । यस संग्राहलयको वनावट लिम्बु जातिको घर जस्तै नै तिन धुरे बनाइएको छर झ्याल , ढोका तथा खम्बा , बिमहरुमा विभिन्न बुट्टाहरु कुदिएका छन्र लिम्बु जातिहरुले प्रयोग गरेका र हाल प्रयोग गरि रहेका विभिन्न सामाग्रीहरुलाई ती बुट्टाहरुमा कुदिएका छन। यहा खरको छाना लगाइनुका साथै भित्ताहरु ढुङ्गाले बनाइएको छ । यस संग्राहलयमा लिम्बु जातिहरुले प्रयोग गरेका परम्परागत , पुरातात्विक र ऐतिहासिक सामाग्रीहरुदेखि लिएर किरात तथा शाहकालिन राजाहरुले प्रयोग गरेका सामाग्रीहरु पनि राखिएको छ। त्यसको अलावा संघ्राहालयमा पुराना मुद्राहरु पनि संग्कलित छ ।
चो?लुङ पार्क धार्मिक , ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणबाट महत्वपुर्ण रहेकोले यहा विभिन्न ठाउ तथा विदेशबाट समेत भक्तजनहरु, मुन्धुम अध्येताहरु, विध्यार्थीहरु र पर्यटकहरु भ्रमण तथा अनुसन्धानका लागि आउने गर्दछन । यो पार्क एउटा पर्यटकिय गन्तव्य मात्र नभएर इतिहास , संस्कृति र सभ्यताको अनुसन्धान र अध्ययन केन्द्र पनि हो। त्यसैले यहा दैनिक रुपमा हजारौ आन्तरिक तथा वाह्य पर्यटकहरु घुम्न आउने गरेका छन्।