सविन घिमिरे / विराटनगर – किराँती धर्मालम्बीहरुको महान् चाड उधौँली पर्व आईतबार धुमधामले देशको विभिन्न ठाउहरुमा मनाइएको छ । यस अवसरमा विराटनगरमा पनि किराँत समुदायका मानिसहरु भेला भई साकेला सिली नाचेर हर्सउल्लाका साथ मनाइएको छ । विराटनगर –११ मा रहेको साकेला थानमा किरात समुदायका मानिसहरुले मनाएको पर्वमा अन्य समुदायका मानिसहरु उल्लेख्य सहभागीता रहको कारण नेपाली समुदायको धार्मिक तथा सांस्कृतिक सहिष्णुता स्पष्ट झल्केको थियो ।
यो पर्व राई जातिले उधाँली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले मनाउने गरेका छन् ।
अन्य फोटोहरु हाम्रो फेसबुक पेजमा हेर्न सक्नु हुनेछ । फोटो : संजीव चाम्लिङ राई
Facebook Link : facebook.com/kalopardaonline