धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफ्नो पार्टी विस्तार अभियानलाई तीव्र बनाएका छन्। उनले एमालेका पूर्वनेता पुन्य गौतमलाई आफ्नो नेतृत्वमा स्थापना भएको पार्टीमा प्रवेश गराउने तयारी गरेको फेसबुक मार्फत जानकारी दिएका छन्।
त्यसैगरी साम्पाङले जयकृष्ण बस्नेत, तेजेन्द्र परियार ( कलौटे ) , रितु बस्नेत, मुकुन्द घिमिरे, डा. प्रकाश भुजेल, युवराज सफल लगायतका व्यक्तिहरूलाई पनि पार्टीमा उच्च जिम्मेवारी दिने निर्णय गरेको जानकारी एक फेसबुक पोस्ट शेयर गरी जानकारी गराएका छन्।
लोकसेवा नेपाल नामक फेसबुक पेजमा पोस्ट गरिएको सामाग्री शेयर गर्दै मेयरले जानकारी दिएका हुन् । https://www.facebook.com/share/p/1JbWDF5DVF/
यसबारे आधिकारिक घोषणा भने आएको छैन । जनमानसले मेयर साम्पाङ्गले पुरै सामाग्री नपढी शेयर गरेको भन्ने टिप्पणी गरेका छन् ।
मेयर हर्क साम्पाङ्गले श्रम संस्कृति पार्टी खोलिसकेको घोषणा गरिसकेका छन् जसको चुनाव चिन्ह माटो रहेको छ ।
