काठमाडौँ – कांग्रेसको नयाँ सभापति चयनका लागि चुनाव भइरहेको छ। चुनावको मतपरिणाम आउने क्रम पनि जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । अहिलेसम्म गनिएको ३ हजार १ सय ८१ मत मध्ये शेर बहादुर देउवाले १५०६ मत पाएका छन् भने अर्का उम्मेदवार शेखर कोइरालाले ११७८ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १७३ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १५ मत मात्र प्राप्त भएको छ ।