काठमाण्डौ, १६ जेष्ठ २०७८- अध्यादेश मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५ खर्बको ऋणसहित १६ खर्ब ४७ अर्बको बजेट शनिबार प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले विभिन्न मन्त्रालयहरुलाई बजेट विनियोजन गरेको छ। विभिन्न मन्त्रालयहरुलाई विनियोजन गरिएको बजेट यस प्रकार छन ,
प्रधानमन्त्रीको कार्यलय: ४ अर्ब १७ करोड ८७ लाख
अर्थ मन्त्रालय : ४६ अर्ब ८५ करोड ७५ लाख
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : १३ अर्ब ५७ करोड ८२ लाख
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय : १ खर्ब २१ अर्ब ९७ करोड ८१ लाख
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय : ५१ करोड ५६ लाख
कृषि तथा पशुपन्छी विकास मन्त्रालय : ४५ अर्ब ०९ करोड ८९ लाख
जल आपूर्ति मन्त्रालय :४३ अर्ब ५४ करोड २४ लाख
गृह मन्त्रालय : १ खर्ब ६६ अर्ब ९० करोड ३५ लाख
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : २७ अर्ब ४६ करोड ९२ लाख
परराष्ट्र मन्त्रालय : ७ अर्ब १३ करोड ५ लाख
वन तथा वातावरण मन्त्रालय : १४ अर्ब १३ करोड १८ लाख भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय : ८ अर्ब २१ करोड २९ लाख
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ६७ अर्ब १८ करोड ९४ लाख
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय : १ अर्ब २० करोड ५ लाख
युवा तथा खेलकुद मन्त्रालय : २ अर्ब ७४ करोड ६८ लाख
रक्षा मन्त्रालय : ५१ अर्ब ४ करोड ४० लाख
शहरी विकास मन्त्रालय : ४१ अर्ब २० करोड २५ लाख
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : १ खर्ब ८० अर्ब ४ करोड ११ लाख
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : ७ अर्ब ७३ करोड ८५ लाख
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : ३० अर्ब ८३ करोड २५ लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : १ खर्ब २२ अर्ब ७८ करोड ९९ लाख
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय: १४ अर्ब ४६ लाख