विराटनगर – सुनचाँदी व्यवसायी महासंघले आइतबार सार्वजनिक गरे अनुसार सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय पुगेको छ । गत १० चैतयता मूल्य सार्वजनिक नभएको सुनको मूल्य आइतबार सार्वजनिक गर्दा प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले १० चैतमा सुनको मूल्य सार्वजनिक गर्दा प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो । त्यसपछि कोरोना महामारीका कारण महासंघले मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ९ सय २५ रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि २ सय ५ रुपैयाँ प्रतितोलाले बढेको छ ।