काठमाण्डौ, १५ जेष्ठ २०७८-अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा आर्थिक वर्ष २०७८/०७९ को बजेट आज (शनिबार) सार्वजनिक गर्दै छन् । अर्थको गृहकार्यअनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी रहेको छ । अर्थमन्त्री पौडेलले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बजेट प्रस्तुत गर्ने तय भएको छ ।
यो बजेट खर्चका लागि करिब साढे १० खर्ब राजस्वबाट, सवा दुई खर्ब आन्तरिक ऋण उठाएर र बाँकी रकम वैदेशिक सहायता तथा ऋणबाट प्राप्त हुने विश्वासमा बजेट निर्माण भइरहेको अर्थ स्रोतले जनकारी दिएको छ।
प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याउने भएको हो ।