एजेन्सी – ब्राजिलमा एक दिनमा ३५ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमित थपिएका छन। पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ब्राजिलमा थप ३७ हजार २ सय ७८ जना संक्रमित थपिएका हुन् । ब्राजिल हाल विश्वमा कोरोना प्रभावित देशको सूचिमा दोस्रो स्थानमा छ । यो हप्ताको अन्तसम्म ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाख पुग्न सक्ने अनुमान गरिएको छ ।
परीक्षणको दर कम भएकाले सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या निकै बढी हुनसक्ने बताइएको छ ।तथ्यांकअनुसार २४ घण्टामा १ हजार ३ सय ३८ जना संक्रमितको मृत्यु भएसँगै ब्राजिलमा हालसम्म ४५ हजार ४ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ब्राजिलमा हालसम्म ४ लाख ६४ हजार ७ सय ६४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।