विराटनगर – विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रतुवामाई नगरपालिकाका २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार परीक्षण गर्दा प्रदेश १ मा २७ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
तीमध्ये मोरङका २५ जना पुरुषहरू हुन् । झापाको गौरीगञ्ज गाउँपालिकामा १ जना र सुनसरीको रामधुनी नगरपालिकामा १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।