विराटनगर – नेपालमा आज थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४ सय २५ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको ५ हजार ७ सय ६० पुगेको छ ।